डेंगु संक्रमण: टप १० मा तनहुँ, प्रदेशतर्फ गण्डकी तेस्रो स्थानमा (भिडियाेसहित)
समुदायनै अग्रसर नभए डेंगु रोक्न सकिदैन: डा. शर्मा
पाेखरा | असार २१, २०८१
पोखरा: गत वर्ष गण्डकी प्रदेशमा डेंगु संक्रमणबाट ७ जनाले ज्यान गुमाए । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको तथ्याङ्क अनुसार तनहुँमामात्र डेंगु संक्रमणबाट ५ जनाले ज्यान गुमाएका थिए ।
पछिल्लो समय सातै प्रदेशमा डेंगु संक्रमणको ग्राफ उकालो लागिरहेको छ ।
सात प्रदेशमध्ये बागमती प्रदेशमा संक्रमण दर बढी रहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
बुधबारसम्मको तथ्याङ्क अनुसार देशभरमा तनहुँ जिल्ला टप टेनमा परेको छ । यस्तै प्रदेशमध्ये गण्डकी तेस्रो स्थानमा छ ।
केन्द्रीय तथ्याङ्क अनुसार बागमती प्रदेशमा ४ सय ८२, कोशीमा ३ सय ५०, गण्डकीमा २ सय १२, लुम्बिनीमा १ सय ७१, सुदूरपश्चिममा मधेश प्रदेशमा १ सय ५९, मधेशमा ३८ र कोशीमा २० जनामा डेंगुको संक्रमण देखिएको छ । तर अहिलेसम्म ४ जिल्ला (डोल्पा, हुम्ला, जुम्ला र मुस्ताङ) मा भने संक्रमण भेटिएको छैन ।
पछिल्लो समय डेंगीको संक्रमण दर बढ्दै गएपछि यसबारे सामाजिक तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. विनोद विन्दु शर्मासँग कुराकानी गरेका छौं ।
- के हो डेंगु ?
डेंगु एक प्रकारको सरुवा रोग हो । संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि डेंगु लाग्छ ।
यो रोग लागेपछि आँखा दुख्ने, ज्वरो आउने, जोर्नी दुख्ने, वान्ता वा वाकवाकी लाग्ने, सिरियस रक्तस्राव हुने र आन्तरिक तथा बाह्य रक्तस्राव हुन सक्छ । खासगरी दाँतको गिजाबाट रगत आउन सक्छ ।
- कत्तिको खतरनाक छ डेंगु ?
अहिले जुन संख्यामा डेंगु संक्रमण देखिएको छ, यसलाई खतरा छैन भनेर भन्न मिल्दैन । तर हामीले डेंगु रोगबारे सचेत भए खतरा होइन मैले भन्छु ।
गण्डकीमा गतवर्ष ७ जनाको मृत्यु भएको छ । समयमा नै डेंगुको उपचार नभए, व्यवस्थापन नभए, समयमा नै अस्पताल नगई लापरवाही गरे यसले ज्यान नै लिन पनि सक्छ । त्यसैले सचेत हुनु जरुरी छ ।
-कसरी लाग्छ डेंगु ?
सबै लामखुट्टेले टोक्दैमा डेंगु लाग्दैन । एडिस जातिको (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट मात्र डेङ्ग लाग्छ । यसलाई हामीले अहिले बाघ मस्कुटोको नामले पनि चिन्छौं । खासगरी बिहान र बेलुकीको समयमा एक्टिभ हुन्छ ।
-डेंगु लागेपछि के गर्ने ?
डेंगु संक्रमण भए ज्वरो आउन सक्छ । मैल अगाडि पनि भने, आँखा दुख्ने, ज्वरो आउने, जोर्नी दुख्ने, वान्ता वा वाकवाकी लाग्ने, सिरियस रक्तस्राब हुने, आन्तरिक तथा बाह्य रक्तस्राव हुन सक्छ ।
यस्तो अवस्थामा हामीले डाक्टर (चिकित्सक)को सल्लाह लिनुपर्छ । डाक्टरको सल्लाहबिना दुखाई कम गर्ने औषधीहरु (बु्रफिन) खानुहुँदैन । हामीले खानै परे प्यारा सिटामोल चाँहि खान सक्छौं तर अन्य औषधीहरु डाक्टरको सल्लाहबिना खानु हुँदैन ।
डेंगु संक्रमण भएको संका लागे नजिकैको अस्पतालमा परामर्शसँगै उपचार गर्नुपर्छ ।
-डेंगुबाट कसरी बच्ने ?
डेंगुबाट बच्न एक घर मात्र लागेर हुदैन । समुदाय नै डेंगु नियन्त्रणमा नलागे यसलाई रोक्न सकिदैन । समुदायले नै लामुखुट्टे बस्न सक्ने पानी जम्ने ठाउँ खाडल पुरिदिने, फालिदिने गर्नुपर्छ ।
व्यवहारिकतर्फ राति सुत्ने समयमा झुल टागेर सुत्ने, बिहान र बेलुका लामखुट्टेले टोक्ने जोखिम बढी हुने भएकाले लामो कपडा लगाएर मात्र हिडडुल गर्नुपर्छ ।
-गण्डकीमा डेंगुको अवस्था कस्तो छ ?
पछिल्लो समय मध्यपहाडी क्षेत्रमा डेंगुको संक्रमण बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको तथ्याङ्क अनुसार तनहुँ डेङ्गी संक्रमणको जोखिमको जिल्लामा १० जिल्ला भित्र परेको छ ।
तनहुँमा बुधबारसम्म ४९ जनामा संक्रमण देखिदा गण्डकी प्रदेशमा २ सय १२ जनामा डेंगु संक्रमण भेटिएको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार बुधबारसम्म डेङ्गी संक्रमण हुने गण्डकीको तनहुँमा ४९, कास्कीमा, ३०, नवलपुरमा २५, लमजुङमा २३, गोरखामा २२, म्याग्दी र स्याङ्जामा समान २१/२१ जनामा संक्रमण देखिएको छ ।
यस्तै पर्वत र बागलुङमा समान ९/९ जना, मनाङमा १ जनामा डेंगु संक्रमण देखिएको छ ।
-गण्डकी प्रदेशको ११ वटै जिल्लामा डेंगु संक्रमित छन् ?
गण्डकीको मुस्ताङ बाहेक १० जिल्लामा डेंगु देखिएको छ । मुस्ताङ अहिलेसम्म निल छ ।
गण्डकीको ८५ वटा पालिकामध्ये ६५ जिल्लामा डेङ्गुको संक्रमण देखिएको छ । तर यो सरुवा रोग भएकाले कोही संक्रमण देखिएको मानिस मुस्ताङतिर गए देखिन सक्छ ।
ललितपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको छ। बैठक ११ बजेदेखि ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड प्यालेसमा बसिरहेको छ । बैठकमा त्यसपछि पार्टी अध्यक्ष केप...
काठमाडौं: नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो । ...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्य...

